Dhulikhel Eco Banner new

नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

4.12K
shares

काठमाडौँ, २४ पुस । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ ।

बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरे संगै कम्पनी सञ्चालनमा आएको छ ।

बानेश्वरको रुद्रमति मार्गमा रहेको कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । कम्पनीको चुक्तापुंजी २० करोड रहेको छ ।