Dhulikhel Eco Banner new

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

8.15K
shares

काठमाडौं, ३ माघ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । मल्ललाई आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जनाकारी दिइन् ।

‘स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।’ सञ्चार मन्त्री शर्माले भनिन् ।

डा. चन्द्रमणि अधिकारीको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकिएपछि गत पुस ११ गते उनलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए। उनै मल्ललाई अब सरकारले कार्यकारी निर्देशक बनेका छन्।