Dhulikhel Eco Banner new

वित्तीय उत्तरदायित्व ऐन, २०७६ संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस

4.69K
shares

काठमाडौं, ३ माघ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘अर्थ मन्त्रालयको प्रस्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ शर्माले भनिन्।