Dhulikhel Eco Banner new

कामना सेवाले ६ महिनामा कमायो करिब २६ करोड, ब्याज आम्दानी अर्ब माथि

5.73K
shares

काठमाडौं, ४ माघ । कामना सेवा विकास बैंकले ६ महिनामा करिब २६ करोड कमाएको छ । बैंकले सर्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को दोस्रो त्रैमासमा वित्तीय विवरण अनुसार कुल २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३२.१९ प्रतिशत बढी हो । गत वर्ष १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा बैंकले कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ कमाएको छ । ब्याजदर ६.२४ प्रतिशतले घटेरले घटेको छ । गत वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको कुल चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ छ । भने १ अर्ब ५१ करोड रुपैयाँ रिजर्भमा छ।

बैंकका कुल निक्षेप ५.२८ प्रतिशतले बढेर ५६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ०.३० प्रतिशतले बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७४ पैसाबाट बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ।