अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, तोक्यो बुकक्लोज मिति
वि.सं.२०८० माघ ५ शुक्रवार १०:२०
5.99K
shares
shares

काठमाडौं, ५ माघ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन गर्ने बुकक्लोज मिति समेत तोकेको छ।
कम्पनीले माघ १४ गते हकप्रद शेयरका लागि आवेदन दिन मिति तय गरेको छ भने माघ १५ गते बुकक्लोज गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।















