माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री
वि.सं.२०८० माघ ५ शुक्रवार ११:०७
shares

काठमाडौं, ५ माघ । माउण्टेन ड्युले नेपालबाट माउण्टेन चो यु हिमाल(८,१८८ मिटर) आरोहण गर्ने गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको छ ।
माउण्टेन ड्युको नारा “डरको अगाडी जित छ” जसरी गेल्जे शेर्पाले डरको सामना गरेका थिए । त्यसको लागि सम्मान दिंदै गेल्जे शेर्पालाई उनको यात्रामा माउण्टने ड्युले निरन्तर साथ दिने भएको छ ।
पेप्सीको नेपालका एसोशिएट निर्देशक अनुज गोयलले बहादुरीलाई दर्शाउने माउण्टेन ड्युको भावनासंग पूर्णत मेल खाने भएको बताए । शेर्पालाई सहयोग मात्र नगरि अदम्य साहस, बहादुरी र बलियो जोशको प्रत्यक्षदर्शी समेत बनेको गोयलको भनाई छ ।
माउण्टेन ड्युको सपनाहरु माथि जित हासिल गर्न अदम्य साहस प्रदान गर्ने शेर्पाले बताए । उनले त्यस्तो ब्राण्डबाट प्राप्त हुने निरन्तर साथको लागि आभार समेत व्यक्ति गरे ।

















