Dhulikhel Eco Banner new

हुन्डी कारोबार गरेको आरोपमा व्यापारी अग्रवालसहित ४ जना पक्राउ

5.11K
shares

काठमाडौं, ५ माघ । हुन्डी र सुनको अबैध कारोबार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार राति अबैध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुख्य आरोपी कपडा व्यापारी नरेश अग्रवाल रहेका छन् । पक्राउ पर्ने अन्य ३ जनाको बारेमा खुलाइएको छैन । अग्रवाल टोलिको घरमा छापा मार्दा २ करोड २० बढी नेपाली रुपैयाँ र ३ हजार अमेरिकी डलर बरामद भएको विभागका डीएसपी प्रदीप राईले जनाएका छन् ।

अग्रवाल क्षेत्रपाटीमा कपडा पसले हुन् । लामो समयदेखि निगरानीमा राखिएको विभागले जनाएको छ । उक्त विषयमा थप अनुसन्धन भईरहेको राईले जानकारी दिए ।