Dhulikhel Eco Banner new

आज घट्यो अमेरिकी डलरको भाउ, अन्य कतिमा हुँदैछ कारोबार ?

4.23K
shares

काठमाडौं, १२ माघ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ । शक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा र बिक्री दर १६९ रुपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४३ पैसा र बिक्री दर ८७ रुपैयाँ ८२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०४ पैसा र बिक्री दर २८ रुपैयाँ १७ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ ।