सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित
वि.सं.२०८० माघ २४ बुधवार १७:२२
5.46K
shares
shares

काठमाडौं, २४ माघ । सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित भएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो ।
ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।
सो विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।



















