गरिमा क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउने
वि.सं.२०८० फागुन २ बुधवार १६:२३
5.98K
shares
shares

काठमाडौं, २ फागुन । गरिमा क्यापिटलले अर्ब रुपैयाँबराबरको म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ ल्याउने भएको छ ।
गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा म्युचुअल फन्डअ ल्याउने अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा यो योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गरिने क्यापिटलले बताएको छ ।
गरिमा क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्नेछ।
गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो ।



















