त्रिशूली जलविद्युतको घाटा १ करोड ८६ लाख ६५ हजार
वि.सं.२०८० फागुन २ बुधवार १७:५२
shares

काठमाडौं, २ फागुन । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८६ लाख ६५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी १ करोड ६२ लाख रुपैयाँ नोक्सानीमा थियो । यसले हालसम्म विद्युत उत्पादन सुरु गरेको छैन ।
यसको प्रशासनिक खर्च ५८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । त्रिशूली जलविद्युतको चुक्ता पुँजी १ अर्ब ७८ करोड ९१ लाख ६२ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङ २२ करोड ५ लाख रुपैयाँ ऋणात्मक छ ।
यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १ पैसा नोक्सानीमा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ८४ रुपैयाँ ६८ पैसा छ ।



















