भट्टलाई आयल निगमको कार्यकारी निर्देशक बनाउने पक्कापक्की !
वि.सं.२०८० फागुन ५ शनिवार २२:०९
shares

काठमाडौं, ५ फागुन । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा चढिडका प्रसाद भट्टलाई नियुक्त गर्ने पक्कापक्की जस्तै भएको छ । कांग्रेस नेतृ आरजु राणा देउवाको चाहानमा भट्टलाई नियुक्त गर्ने तयारी गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले ग्रिन सिंग्नल दिएपछि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालको निर्देशनमा तीनजनाको नाम सिफारिस गरिएको छ। जसमा पहिलो नम्बरमा चण्डिकाको रहेको छ । सिफारिस हुनेहरुमा गोरखाको भीमसेन थापा गापा–१ डा चण्डिकाप्रसाद भट्ट, चितवनको भरतपुर–१४ का ई। डा डोलप्रसाद चापागाई र ललितपुरको ललितपुर–२४ का शत्रुघ्नप्रसाद पुडासैनी छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसार आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको हो। समितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम वर्णानुक्रमका आधारमा मन्त्रालयसमक्ष सिफारिस गरिएको छ।
अब मन्त्रालयको सिफारिसमा मन्त्रिमरिषदको बैठकले यी तीनजना उम्मेदवारमध्ये एकजनालाई आयल निगमको कार्यकारी निर्देशनमा नियुक्त गर्नेछ। खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न समितिले गत पुस ७ सार्वजनिक सूचनाबमोजिम दरखास्त आह्वान गरेको थियो।



















