‘लघुवित्तलाई सरकारबाट जुन किसिमको सहयोग हुनु पर्ने हो, त्यो भएको छैन’
वि.सं.२०८० फागुन ५ शनिवार १६:४४
shares

कठमाडौं, ५ फागुन । लघुवित्तलाई नेपलासरकारबाट जुन किसिमको सहयोग गर्नुपर्ने हो त्यो सहयोग नभएको लघुवित्त बैंकर्सस संघका अध्यक्ष रामबहादुर यादवले बताएका छन् ।
काठमाडौंमा आजबाट सुरु भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्बेलनको उद्घाटन समारोहमा बोल्दै यादवले सरकारबाट सहयोग नभएको बताएका हुन् ।
‘६० लाख दिदिबहिनीलाई जोडेको क्षेत्र, ग्रमाणि भेगमा वित्तिय सेवा पुराएको क्षेत्र, हजारौलाई रोजगारी दिएको क्षेत्र, उद्यमसिलता विकास गर्ने क्षेत्र, महिलाको क्षमता अभिवृद्धि गर्ने क्षेत्रमा जुन हिसावको काम भएको छ त्यो हिसावको सहयोग भएको छैन ।’ यावले भने ।
लघुवित्तकर्मीले पनि बुझाउन नसकेर पनि भएको हुन सक्ने यादवको भनाई छ । अहिले सम्म जति काम लघुवित्तले गरेको छ त्यो सबै आफ्नो बलबुताले गरेको यादवको भनाई छ ।
नेपाल सरकारबाट लघुवित्तले गरेको काममा के कुरा थपिदिदा हुन्थ्यो भन्ने कुराहरु नभएको उनको भनाई छ । नेपाल सरकारको जनचेतकाको कार्यक्रम लघुवित्तलाई दिनुपर्ने यादवको भनाई छ । यदि सरकारबाट दिने तालिमहरु लघुत्तिको माध्यमबाट लग्ने हो भने त्यसले कायापलट गर्ने सक्ने यादवको भनाई छ ।
अहिले लघुवित्त सुरक्षित बाटो तिर लागेको यादवको भनाई छ । विगतमा कर्जा सुचना केन्द्र जस्ता ठाउँमा लघुवित्त नजोडिएको तर अहिले कर्जा सुचना केन्द्र तिर पनि लघुवित्त भएकाले सुरक्षित बाटो तर्फ लघुवित्त अगाडि बढेको यादवको भनाई थियो ।



















