सांसद मण्डलको प्रस्ताव : लघुवित्तको शेयर आफ्ना सदस्यलाई मात्रै किन्न दिऔँ
वि.सं.२०८० फागुन ५ शनिवार १६:०८
shares

काठमाडौं, ५ फागुन । लघुवित्त संस्थाको शेयर लघुवित्तका सदस्यले मात्र पाउने हो भने एक दिनमा महिला ५० हजार सम्मेलनको माल्किन हुने स्वतन्त्र सांसद योगेन्द्र मण्डलले बताएका छन् ।
शनिबारबाट सुरु भएको चौथो लघुवित्त सदस्य सम्मेल कार्यक्रमलाई सम्बोधन गर्दै मण्डलले यस्तो बताएका हुन् ।
‘लघुवित्तको शेयर निकाल्ने बेलामा केही लघुवित्तहरुले राष्ट्र बैंकलाई अनुरोध गर्दै सदस्यलाई मात्र शेयर दिने नियम बनाउ भनेका थिए’, मण्डलले भने, ‘लघुवित्त संस्थाको शेयर सदस्यलाई मात्र पाउने नियम बनाउने हो भने एक दिनमा महिला ५० हजार सम्मको माल्किन हुन्थ्यो ।’
त्यो नियम बनाउन राष्ट्र बैंक चुकिसकेको तर त्यसमा फेरी सुधार गर्ने सकिने मण्डलको भनाई छ । ‘म फेरी राष्ट्र बैंकलाई अनुरोध गर्ने चाहान्छु’, मण्डलले भने, ‘पुनः तपाईहरुले के गरेर हुन्छ लघुवित्तको शेयर छ, त्यो महिला दिदिबहिनीले चलाएको संस्था हो लघुवित्त, त्यो शेयर फेरी फिर्ता गर्नुस्, अहिले देखिएको समस्या सबै समाधान हुन्छ ।’
लघुवित्तको शेयर अन्यलाई दिनुमा राष्ट्र बैंकको त्रुटि रहेको मण्डलको भनाई छ ।लघुवित्तकोमा राष्ट्र बैंकले ल्याएको धितो प्रणालिसँग पनि मण्डलले आपती जनाएका छन् ।
‘लघुवित्तको मर्म कहिलेपनि धितोसँग होईन्, यो तुरुन्त खारेज गर्नुपर्यो राष्ट्र बैंकले’, उनले भने, ‘असल लघुवित्तवालाहरुलाई थाहा छ, महिला दिदिबहिलाई पनि थाहाँ छ, कतिले ५ हजारबाट सुरु गरेर ५ लाख चालउनु भएको छ कोही विग्रिएको छैन ।’
राष्ट्र बैंकले धितो प्रणाली ल्याएको र खराब संस्थाहरु भित्रिएको मण्डलको भनाई छ । ‘के धितो लिएपछि ऋणको भाका नाग्दैन ?’, मण्डलले भने, ‘अहिले सुछ्म अध्ययन गर्नुहुन्छ भने सबैभन्दा बढी समस्या धितोवाला ऋणमा छ ।’
राष्ट्र बैंकले भएभरको लघुवित्तलाई एउटै टोकरीमा राख्नु गलत भएको मण्डलको भनाई छ । नाफा कमाउने र सेवा गर्ने उद्देश्यका लघुवित्तहरु भएको तर तिनिहरुलाई एउटै ठाउँमा राष्ट्र बैंकले राखेकोमा मण्डलले आपत्ति समेत जनाएका छन् ।
सबै सरोकारवालाहरुले यसमा चासो दिएर लागेमा अहिले लघुवित्तमा देखिएको समस्या समाधान हुने सांसद मण्डलको भनाई छ । आफुले लघुवित्तमा काम गरेको कारणले गर्दा नै कुनै दलको समर्थन नलिई स्वतन्त्र रुपमा सांसद भएको मण्डलको भनाई छ ।



















