Dhulikhel Eco Banner new

‘लघुवित्तको निष्कृय कर्जा ६.३२ प्रतिशत रहेको छ’

8.1K
shares

काठमाडौं, ५ फागुन । ५६ वटा लघुवित्तको निष्कृय कर्जा ६.३२ प्रतिशतर रहेको नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर डा. निलम ढुंगाना तिम्सिनाले बताएकि छिन् ।

चौथो लघुवित्त सदस्य सम्मेलनमा बोल्दै तिम्सिनाले समग्र लघुवित्तको अबस्थाको बारेमा बताउदै निष्कृय कर्जा ६.३२ प्रतिशतर रहेको बताएकि हुन् ।

‘पछिल्लो समय लघुवित्तको पनि कर्जा असुलिमा समस्या देखिएको छ’, डेपुटी गर्भनर तिम्सिनाले भनिन्, ‘ लघुवित्तको निष्कृय कर्जा ६.३२ प्रतिशत रहेको छ ।’

निष्कृय कर्जा बढ्दा लघुवित्तकर्मीहरु सजक भएको आफुलाई लागेको तिम्सिनाले बताईन् ।

लघुवित्तले ४३४ करोड कर्जा लागानी गरेको अबस्था रहेको तिम्सिनाको भनाई छ । लघुवित्त जस्ता विभिन्न कार्यक्रम ल्याएको भएपनि अझै १८ प्रतिशत भन्दा बढी जनसंख्या गरिविको रेखामुनि रहेको उनको भनाई छ ।

‘समग्र आर्थिक क्षेत्रमा महिलाको लाई उद्यमी, स्वरोजगार बनाउन लघुवित्तले भुमिका खेलेको छ’, तिम्सिनाले भनिन्, ‘यस विचमा गरिवि निवारणको धेरै कुरा गरेको भएपनि लघुवित्त कार्यधक्रले मात्र निरन्तर्ता पाएको महसुन भएको छ ।’

नेपालमा लघुवित्तको अभ्यास भएको साढे ४ दशक बढी भएको र लघुवित्तमा ५९ लाख ५१ हजार मध्ये ३.७३ प्रतिशत पुरुष र अन्य सबै महिला रहेको उनको भनाई छ ।

Follow Up

सांसद मण्डलको प्रस्ताव : लघुवित्तको शेयर आफ्ना सदस्यलाई मात्रै किन्न दिऔँ

सांसद मण्डलको प्रस्ताव : लघुवित्तको शेयर आफ्ना सदस्यलाई मात्रै किन्न दिऔँ

‘बचतकर्ताको सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो’

‘बचतकर्ताको सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो’

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु (फोटोफिचर)

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु (फोटोफिचर)