चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु (फोटोफिचर)
वि.सं.२०८० फागुन ५ शनिवार १४:३२
shares

काठमाडौं, ५ । चौथो राष्ट्रिय लघुवित्त सम्मेलन काठमाडौंमा सुरु भएको छ । आज फागुन ५ र ६ गते सम्मे चल्ने सम्मेलको अर्थमन्त्री डा. प्रकासशरणले उद्घाटन गरेका छन् ।
बैंकको पुहँचमा नपुगेका विपन्न वर्गलाई सेवा दिने तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति बनाउने उद्देश्यले लघुवित्त सम्मेलन हुने गरेको छ ।
सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले लघुवित्तले गाउँ गाउँमा गएर उद्यमी बनाएकोमा धन्यवाद दिएका छन् । अहिले केही व्यक्ति त्यसको विरुद्धमा लागेको तर त्यो राजनितिक स्वार्थको लागि मात्र भएको मन्त्री महतको भनाई थियो ।

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले लघुवित्त निरन्तर राष्ट्र बैंकको निगरानीमा गरिरहेको बताएकी थिईन् । अहिले पछिल्लो समय त्यसमा केही समस्या देखिएको भएपनि त्यो समाधान गर्दै लगिने मिम्सिनाको भनाई थियो ।
प्रतिनिधी सभा सदस्य योगेन्द्र मण्डलले आफु लघुवित्तको कारणले गर्दा नै सांसद् बनेको बताएका थिए । लघुवित्तका महिला दिदिबहिनिले गर्दा नै आफु सांसद भएको र लघुवित्तले कुनै पनि खराब काम नगरेको बताएका थिए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले सरकारले लघुवित्तलाई हेर्नुपर्ने ठाउँमा नहेरेको बताए । सामाजिक सुरक्षा बाड्ने काम लघुवित्तलाई दिएमा सबैको घरघरमा गएर बाड्न सक्ने समेत यादवको भनाई थियो ।
स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तमा काम गर्ने सबैले आफ्नो संकल्प राम्रो गर्छु भन्ने हुनुपर्ने बताएका थिए ।
सम्मेलनमा करिब हजार हाराहारीमा लघुवित्त क्षेत्रका सरोकारवालको उपस्थित रहेको थियो ।


























