निराधार समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण
वि.सं.२०८० फागुन ६ आइतवार १७:५०
shares

काठमाडौं, ६ फागुन । विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गर्नेे कार्यहरुप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै बैंक सञ्चालन हुने परिसंघले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन, राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन गर्ने गरेको परिसंघले जनाएको छ । त्यसरी अनुगमन गर्दा कुनै गल्ति भएमा त्यसलाई तुरुन्त कारबाही समेत राष्ट्र बैंकले गर्ने गरेको परिसंघले जनाएको छ ।
बैंकलाई मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको समेत परिसंघले जनाएको छ ।
पौष मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको परिसंघको भनाई छ ।
भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका वारेमा संस्थाहरुका आधिकारिक प्रतिनिधिलाई सम्पर्क गर्ने समेत परिसंघले आग्रह गरेको छ ।



















