Dhulikhel Eco Banner new

सिटिजन्स बैंक र सिटिस्केप थकाली बीच छुट दिने सम्झौता

4.36K
shares

काठमाडौं, ६ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौं स्थित सिटिस्केप थकाली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकको १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुमा १७ लाख २१ हजार ग्राहक छन् ।