Dhulikhel Eco Banner new

कामना सेवामा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने

4.68K
shares

काठमाडौं, ६ फागुन । कामना सेवा विकास बैंकमा अनलाईनबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु नपर्ने बैंकले जनाएको छ ।

अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो केवाईसी अद्यावधिक गर्ने सकिने बैंकले जनाएको छ ।

उक्त सेवा बैंकको साईटमा गएर गर्ने सकिने बैंकले जनाएको छ । स्वदेश तथा विदेशमा भएका व्यक्तिले सजिलै खोल्न सक्ने बैंकले जनाएको छ । विदेशमा भएकाले खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना सेवा दिँदै आएको छ ।