GBIME

५७ लघुवित्तमध्ये ३६ लघुवित्त नाफामा, २१ घाटामा, नाफा–घाटा कति ?

7.8K
shares

काठमाडौं, ७ फागुन । ५७ लघुवित्तको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । सर्वजनिक भएको विवरण अनुसार साना किसान लघुवित्त वित्तीय संस्थाको नाफा सबैभन्दा बढी देखिएको छ ।

दोस्रो त्रैमाससम्ममा ५७ वटा लघुवित्तको समग्र खुद नाफा ९ करोड ७ लाख २३ हजार रुपैयाँ हुँदा सनाकिसानले मात्र ४ करोड ४२ लाख ५० हजार नाफा गरेको छ । उक्त नाफा अन्य ५६ लघुवित्तले कमाएको भन्दा बढी हो ।

चालु आवको ६ महिनामा करोड माथि नफा गर्ने ४ वटा मात्र लघुवित्त छन् भने २१ वटा लघुवित्तहरु घाटामा छन् । नाफाका आधारमा छिमेक लघुवित्त दोस्रो नम्बारमा छ । चालु आवको ६ महिनामा छिमेकले ४ करोड ३६ लाख २३ हजार खुद नाफा गरेको छ ।

चालु आवको समीक्षा अवधिमा तेस्रो बढी खुद नाफा जिवन विकासले कमाएको छ । गत ६ महिनामा जिवन विकास लघुवित्तले खुद नाफा १ करोड ३२ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । नाफाको हिसावले चौथो नम्करमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेको छ । जसले गत ६ महिनामा १ करोड २७ लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

चालु आवको दोस्रो त्रैमासम्ममा ३६ वटा लघुवित्तले नाफा कमाएका छन् भने ४ वटा लघुवित्तले मात्र करोड भन्दा बढी नाफा कमाएका छन् । अन्य ३२ लघुवित्तले भने लाख भन्दा बढी मात्र नाफा कमाएका छन् ।

घाटाको आधारमा ३ लघुवित्तको भने करोड माथि घाटा पुगेको छ । २१ मध्ये सबैभन्दा बढी श्रजनशील लघुुवित्तको घाटा देखिएको छ । गत ६ महिनचामा श्रजनशीलको १ करोड ४६ लाख ३५ हजार घाटा गरेको छ ।

समीक्षा अवधिमा बढी घाटा गर्ने दोस्रो नम्बरमा सुपर लघुवित्त रहेको छ । गत ६ महिनामा सुपरले १ करोड ५ लाख ७ हजार रुपैयाँ घाटा गरेको छ । बढी घाटा गर्ने लघुवित्तको तेस्रो नम्बरमा फरवार्ड माईक्रोफाइनान्स लघुवित्त रहेको छ । फरवार्डले गत ६ महिनामा १ करोड ९४ हजार रुपैयाँ घाटा गरेको छ ।

Follow Up

५७ लघुवित्त खराब कर्जा ६.८५ प्रतिशत, अन्य सूचक कस्तो ?

५७ लघुवित्त खराब कर्जा ६.८५ प्रतिशत, अन्य सूचक कस्तो ?

सुपर, श्रृजनशिल र समाज लघुवित्तले पालना गरेनन् राष्ट्र बैंकको निर्देशन

सुपर, श्रृजनशिल र समाज लघुवित्तले पालना गरेनन् राष्ट्र बैंकको निर्देशन