GBIME

५७ लघुवित्त खराब कर्जा ६.८५ प्रतिशत, अन्य सूचक कस्तो ?

2.27K
shares

काठमाडौं, ७ फागुन । चालु आर्थि वर्षको लघुवित्तको पुस मसान्तम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरणमा जम्मा ५७ वटा लघुवित्तमध्ये २१ लघुवित्तत घाटामा गएका छन् ।

समग्र लघुवित्तले खुद नाफा  अनुपात ९ करोड ७ लाख २३ मात्र रहेको छ । ५७ वटा लघुवित्तको खराब कर्जा अनुपात ६.८५ प्रतिशत पुगेको छ । खराब कर्जामा सबैभन्दा बढी सुपर लघुवित्तको खराब कर्जा देखिएको छ । पुस मसान्तसम्ममा सुपरको ८८.८९ प्रतिशत खराब कजर्चा पुगेको छ ।

चालु आवको ६ महिनामा ५७ वटा लघुवित्तमा सदस्यको बचत १६ अर्ब ६६ रकोड ६८ लाख ७३ हजार रुपैयाँ रहेको छ । लघुवित्तले वाणिज्य बैंकबाट २२ अर्ब ३४ करोड ५१ लाख ८८ हजार रुपैयाँ ऋण लिएका छन् ।

दोस्रो त्रैमास सम्ममा समग्र लघुवित्तले ४३ अर्ब ९६ करोड १३ लाख ९ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् । चालु आवको ६ महिनामा लसग्र लघुवित्तको बेस रेट अनुपात १४.७९ प्रतिशत रहेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा ५७ वटा लघुवित्तको कोर क्यापिटल ५ अर्ब ४० करोड ८७ लाख १३ लाख रुपैयाँ छ भने क्यापिटल फन्ड ६ अर्ब २ करोड १८ लाख ६६ हजार रहेको छ ।