GBIME

लघुवित्तको कर्जा प्रवाह ४८.९२ प्रतिशत कृषि क्षेत्रमा, अन्य क्षेत्रमा कति ?

1.06K
shares

काठमाडौं, ७ फागुन । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममो ५७ वटा लघुवित्तको वित्तीय विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक भएको छ । लघुवित्तले पुस मसान्तसम्ममा ४ खर्ब ३९ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

लघुवित्तले गत पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४८.९२ प्रतिशत अर्थात २ खर्ब १५ अर्ब ६८ लाख ६० हजार रुपैयाँ कृषि क्षेत्रमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

गत असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत अर्थात २ खर्ब ८ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । गत असारको तुलनामा कृषि क्षेत्रमा हुने कर्जा प्रवाह केही बढेको देखिएको छ ।

दोस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ४.४२ प्रतिशत अर्थात १९ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र सेवा व्यवसाय क्षेत्रमा २५.९१ प्रतिशत अर्थात १ खर्ब १३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह भएका छ ।

थोक कर्जा ५४ अर्ब ८ करोड ३९ लाख रुपैयाँ अर्थात १२.३० प्रतिशत प्रवाह भएको छ भने अन्य क्षेत्रमा ८.४४ प्रतिशत अर्थात ३७ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

कर्जा विवरण २०८० असार ( रु. करोडमा ) २०८० असार ( प्रतिशत ) २०८० पुस ( रु. करोडमा ) २०८० पुस ( प्रतिशत )
कृषि २०,८८७.६३ ४८.३२ २१,५०६.८६ ४८.९२
घरेलु तथा लघु उद्योग १,२६४.०५ २.९२ १,९४३.८० ४.४२
सेवा व्यवसाय ११,५४९.०५ २६.७२ ११,३९०.८८ २५.९१
थोक कजा ६,०३०.७९ १३.९५ ५,४०८.३९ १२.३०
अन्य ३,४९२ ८.०८ ३,७११.३९ ८.४४
जम्मा ४३,२२३.७४ १०० ४३,९६१.३१ १००