Dhulikhel Eco Banner new

सिटिजन्स बैंकद्वारा मानवसेवा आश्रम जनकपुरलाई सहयोग प्रदान

4.2K
shares

जनकपुर, १७ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको मानवसेवा आश्रमलाई सहयोग गरेको छ ।

सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावक विहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन विताईरहेका मानिसहरुको उद्दार तथा व्यावस्थापन गर्दै आएको संस्था मानवसेवा आश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

मानवसेवा आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आश्रममा रहेका व्यक्तिहरुको जिविकोपार्जन तथा सहजिकरणको निमित्त उक्त सामाग्रीहरु संस्था लाई हस्तान्तरण गरि मानवसेवामा समर्पित हुन पाँउदा हर्षित भएको कुरा व्यक्त गरे ।

बैंकको १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु दिदै आएको छ ।

बैंकको ५५ जिल्लामा शाखा रहेको छ । यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।