सिंगटी हाइड्रो इनर्जीको हकप्रद भर्ने आज अन्तिम दिन
वि.सं.२०८० फागुन २२ मंगलवार १०:३१
shares

काठमाडौं, २२ फागुन । सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्रीका लागि खुल्ला गरेको थियो ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँको हकप्रद निष्काशन गरेको हो ।
हकप्रद शेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरेको थियो । यसको विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्याल, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।















