Dhulikhel Eco Banner new

स्याउखेतीका लागि विप्लव जुम्लामा

4.37K
shares

जुम्ला, २५ फागुन । हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउ खेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला आइपुगेका छन् । महासचिव विप्लवले सामूहिक स्याउ खेतीका लागि बिरुवा रोप्ने कार्यक्रमको सुरुवात गर्ने पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए ।

पार्टीको निर्णयअनुसार सामुहिक स्याउ खेती सुरु गर्न लागिएको उनले बताए । कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउ खेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ। नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ ।

पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामुहिक स्याउ खेती सुरु गरिएको महासचिव विप्लवले बताए ।