Dhulikhel Eco Banner new

राष्ट्र बैंकले आजबाट ‘ग्लोबल मनी विक– २०२४’ मनाउँदै

5.76K
shares

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजना आजबाट ‘ग्लोबल मनी विक – २०२४’ मनाउँदै छ । राष्ट्र बैंकले ‘सुरुआत युवाबाटै, बलियो आधार बचतबाटै’ भन्ने मुल नाराको साथ मनी वीक मनाउदै छ ।

एक सातासम्म चल्ने मनी विक वित्तीय साक्षतासँग सम्बिन्धित कर्याक्रम हो । आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को संयोजनमा संसारभरका १०९ देशहरुमा ग्लोबल मनी वीक मनाउने गरिएको छ । उक्त कार्यक्रम ओइसिडिको सहकार्यमा राष्ट्र बैंकले प्रत्यक वर्ष गर्ने गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भाग्वत आचार्यले जानकारी दिए ।

‘यो वित्तीय चेतना फैलाउन, बैंकिङ साक्षरता फैलाउन राष्ट्र बैंकले गर्ने कार्यक्रम हो’, आचार्यले केटिएम भ्वाइसँग भने, ‘यो आजबाट सूरु भएर एक हप्तासम्म चल्छ ।’

आचार्यका अनुसार उक्त कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्ने छन् । जसमा विभिन्न वित्तीय क्षेत्रका व्यक्तिहरुले वित्तीय चेतनाको बारेमा जानकारी दिने छन् ।

जस अन्तर्गत नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौँ उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतीहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेजस्तरका विद्यार्थीलगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम हुने छ ।

यसका साथै काठमाडौँ उपत्यका बाहिरको कुनै एक जिल्लामा साना तथा लघु उद्यमी, वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षकरशिक्षिका र दैनिक ज्यालादारी समुहका व्यक्तिको सहभागितामा वित्तीय चेतनामूलक कार्यक्रम गरि मनउने गरिएको छ ।