पूर्व अर्थमन्त्री कृष्णबहादुर महरा पक्राउ
वि.सं.२०८० चैत ५ सोमवार १०:४७
shares

काठमाडौं, ५ चैत । पूर्व अर्थमन्त्री कृष्णबहादुर महरा पक्राउ परेका छन् । कपिलवस्तुबाट महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई काठमाडौं ल्याइन्दैछ ।
महरालाई सुन तस्करीमा सम्लग्न भएको भन्ने सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले ठहर गरेका आधारमा पक्राउ गरिएको हो ।
आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा पूर्व सभामुख समेत हुन् ।



















