‘वित्तीय साक्षरता सम्बन्धि शिक्षा पाठ्यक्रममा राख्ने गरि कार्ययोजना बनाएका छौँ’
वि.सं.२०८० चैत ५ सोमवार ११:२४
shares

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षता सम्बन्धि शिक्षा पाठ्क्रममा राखेर पढाउने गरि कार्ययोजना बनाएको बताएका छन् ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले आजबाट एस साता सम्म मनाउँने ‘ग्लोबल मनी विक – २०२४’ मा मन्तव्य दिँदै यस्तो बताएका हुन् ।
‘हामीले स्कुलहरुको पाठ्यक्रममा पनि वित्तीय शिक्षा राख्ने गरि पनि कार्ययोजना बनाएका छौँ’, गभर्नर अधिकारीले भने, ‘त्यसको लागि समन्वय भईरहेको अवस्था छ ।’
भोलिका दिमा वित्तीय शिक्षा पनि शिक्षाको अभिन्न अंक हुनेमा अधिकारीको विश्वास थियो ।
एक सातासम्म चल्ने मनी विक वित्तीय साक्षतासँग सम्बिन्धित कर्याक्रम हो । आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को संयोजनमा संसारभरका १०९ देशहरुमा ग्लोबल मनी वीक मनाउने गरिएको छ ।
नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौँ उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतीहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेजस्तरका विद्यार्थीलगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम हुने छ ।



















