कारोबारमा आएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट
वि.सं.२०८० चैत ६ मंगलवार १२:२३
shares

काठमाडौं, ६ चैत । नेपाल स्टक एक्जेञ्ज (नेप्से)मा कारोबारमा आएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लागेको छ ।
कम्पनीले बुक विल्डिङ विधिमार्फत २ लाख ६७ हजार कित्ता विदेशमा रहेकाको लागि, ९ लाख ३० हजार कित्ता आयोजना प्रभावित व्यक्तिको लागि र २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका शेयर जारी गरेको थियो ।
सर्वसाधरणलाई समेत जारी गरेपछि कारोबारमा आएको पहिलो दिन नै शेयरमा १० प्रतिशतले बढेर सकारात्म सर्किट हानेको छ । आज सर्वोत्तमको शेयर ५५.६० अंकले बढेर ६११.६० विन्दुमा पुगेको छ ।
सर्वोत्तमको शेयर ओपनिङमै ५५६ रुपैयाँ प्रतिकित्तामा भएको थियो । कम्पनीको शेयर प्रि ओपन सेसनमै सकारात्मक सर्किट हानेको थियो । कम्पनीको शेयर १० प्रतिशतले बढ्दा पनि यसको शेयर बेच्ने भने देखिएका छैनन् ।
कम्पनीको संथापक शेयर ८७.१० प्रतिशत अर्थात ४ करोड ५ लाख कित्ता रहेको छ भने सर्वसाधारणमा १२.९० प्रतिशत अर्थात ६० लख कित्ता शेयर सोमबार नेप्सेमा स्वकृति भएको थियो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।



















