Dhulikhel Eco Banner new

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्ट भएकै छैन : प्रवक्ता शर्मा

5.15K
shares

काठमाडौं, ६ चैत । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्ट हुन अझै केही दिन लाग्ने भएको छ । अर्थमन्त्रालयका प्रवक्ता धनीराम शर्माले हालसम्म सर्टलिस्ट नभएको र अझै केही दिन लाग्ने बताए ।

प्रवक्ता शर्माका अनुसार बोर्ड अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ । आवेदकहरु मध्येबाट सिफरिस समितिले कार्यविधिमा उल्लेख भए अनुसार कुनले कति अंक पाउने निर्कौल गर्नेछ । आवेदकको योग्यताका आधारमा पाउने अंक र व्यवसायिक कार्ययोजना अनुसार अंक दिएर शिर्ष ५ जनाको नाम सर्टलिस्ट गर्नेछ ।

सरकारले बोर्ड अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरी पुष्कर र प्रध्यापक उदय निरौला रहेको समिति बनाएको छ । समितिले ५ जनाको नाम सर्टलिस्ट गरेर अन्तरवार्ताका लागि बोलाउनेछ । त्यसमध्येबाट ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । सिफारिस भएका ३ मध्ये एक जनालाई मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।