मधेशको भौतिक पूर्वाधार मन्त्रीमा सरोजकुमार यादव
वि.सं.२०८० चैत ६ मंगलवार १३:०३
5.5K
shares
shares

जनकपुरधाम, ६ चैत । मधेश प्रदेशमा एमालेबाट सरोजकुमार यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोज कुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् ।
मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएका हुन ।
कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।



















