Dhulikhel Eco Banner new

मंगलबार ६.२४ अंकले घट्यो शेयर बजार, कारोबार भने ३ अर्ब माथि

5.36K
shares

काठमाडौं, ६ चैत । मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) घटेको छ । मंलबार नेप्से ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा कायम भएको छ ।

मंगलबार कारोबार भने ३ अर्ब माथि गएको छ । मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरका ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर ६३ हजार ८०१ पटक किनबेच भएको छ ।

आज ३०७ कम्पनीको शेयर किनबेच हुँदा १२८ कम्पनीको शेयर मूल्य घटेको छ भने १०४ कम्पनीको शेयर मूल्य बढेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.१६ अंकले घटेर ३६८.३९ विन्दुमा कायम भएको छ । १३ वटा समुहमध्ये १०. वाटा समुहको शेयर घटेको छ भने ३ समुहको शेयर मूल्य बढेको छ ।

आजबाट मात्र कारोबारमा आएको सर्वोत्तम सिमेन्टको शेयर भने प्रि ओपन सेसनमा नै १० प्रतिशतले बढेर सकारात्म सक्रिट हानेको थियो । आजबाट कारोबारमा आएको भएपनि सर्वोत्तमको शेयर ५५.६० अंकले बढेको छ ।