GBIME

एक दिन पनि टिकेन शेयर बजारको खुशियाली, आज १०.८३ अंकले घट्यो नेप्से

1.21K
shares

काठमाडौं, १४ चैत । मंगलबार १०.१४ अंकले बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को खुशियाली एक दिन पनि टिक्न सकेन । हिजो बढेको नेप्से आज फेरी घटेको छ ।

आज बुधबार नेप्से १०.८३ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.५३ प्रतिशतले घटेर २०३०.८६ विन्दुमा कायम भएको छ ।

बुधबार २ अर्ब २३ करोड ५४ लाख ८६ हजार रुपैयाँ बराबरको ६० लाख ४७ हजार २१ किक्ता शेयर ४४ हजार २४९ पटक किनबेच भएको छ ।

बुधबार ३१० वटा कम्पनीको शेयर किनबेच हुँदा ५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स पनि २.१७ अंकले घटेको छ । फोल्ट इन्डेक्स ०.९१ अंकले घटेको छ भने सेन्सेटिभ फोल्ट इन्डेक्स ०.७३ अंकाले घटेको छ ।

१३ वटा समुह अन्तरगत एक समुहको शेयर बढेको छ भने १२ समहुको शेयर घटेको छ ।

आज पनि सर्वोत्तम सिमेन्टको शेयरमा १० प्रतिशतले बढेर सकारात्म सर्किट लागेको छ ।