GBIME

सर्वोत्तम सिमेन्टको आइपीओ पर्नेलाई २७२ प्रतिशत रिटन

1.26K
shares

काठमाडौं, १४ चैत । सर्वोत्तम सिमेन्ट लिमिटेड नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कारोबारमा आएको दिन देखि नै १० प्रतिशतले बढेर सकारात्म सर्किट निरन्तर हानिरहेको छ ।

सर्वोत्तम नेप्सेमा करोबारमा आएको ६ दिन मात्र भएपनि शेयरमा भने निरन्तर सकारात्म सर्किट हानिरहेको छ । फागुन २५ गते सर्वसाधरणलाई आईपीओ बाडफाड भएको सर्वोत्तमको शेयर चैत ६ गतेबाट नेप्सेमा कारोबारमा आएको थियो ।

सर्वोत्तमले बुक विल्डिङ विधिमार्फत २ लाख ६७ हजार कित्ता विदेशमा रहेकाको लागि, ९ लाख ३० हजार कित्ता आयोजना प्रभावित व्यक्तिको लागि र २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणमा शेयर जारी गरेको थियो ।

प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा आईपीओमा न्युनतम ५० कित्ताका लागि आईपीओ खुल्ला गरेको थियो । आईपीओ बाडफाड भएर नेप्सेमा ओपनिङमै ५५६ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो ।

आज चैत १४ गते सम्म आउँदा सर्वोत्तको शेयर प्रतिकित्ता ९८४ रुपैयाँ ६० पैसा रहेको छ । त्यसरी हेर्दा सर्वोत्तमको कम्पनीले आईपीओ मार्फत शेयर पर्नेले २७२.६५ प्रतिशत रिटन पाएका छन् ।

सर्वोत्तमको न्युनतममा आईपिओ पर्नेको पनि ४९ हजार २३० रुपैयाँ मूल्य बराबरको शेयर रहेको छ । अर्थत ५० कित्तामा आईपिओ भर्दा १८ हजार ४५ रुपैयाँ लागेको थियो भने खुद नाफाँ मात्र ३१ हजार १८५ रुपैयाँ भएको छ ।

निरन्तर सकारात्म सर्किक पछि सर्वोत्तमको मार्केट क्यापिट ४५ अर्ब ७३ करोड ३९ लाख रहेको छ । कम्पनीको संथापक शेयर ८७.१० प्रतिशत अर्थात ४ करोड ५ लाख कित्ता रहेको छ भने सर्वसाधारणमा १२.९० प्रतिशत अर्थात ६० लख कित्ता शेयर सोमबार नेप्सेमा स्वकृति भएको थियो ।