GBIME

पुरानो कर्जा असुलीमा नेक्सजेनले निशुल्क परार्मश दिने

714
shares

काठमाडौं, १६ चैत । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले निशुल्क परार्मश दिने कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम अन्तरगत पुरानो कर्जा असुलीमा कम्पनीले निशुल्क परार्मश दिने नेक्सजेनको अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिएका छन् ।

‘बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीको वर्तमान अवस्थालाई हेरेर चैत १६ गते (आज) देखि निशुल्क परार्मश कार्यक्रम ल्याएका हौँ’, अध्यक्ष भट्टराईले भने, ‘१५ दिनको लागि मात्र भएकाले समयमा हामीसँग जोडिनु होला ।’

उक्त परार्मश प्रत्यक दिन २ बजेदेखि ४ बजेसम्म सँगै बसेर छलफल गर्ने र आवश्यक परार्मश दिने कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा जोडिनका लागि ९८५१२४९५१० मा सम्पर्क गर्ने समेत कम्पनीले आह्वान गरेको छ ।

देशको अधिकांक उद्योग व्यवसाय समस्यामा हरेको र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न समस्या भएको कम्पनीका अध्यक्ष भट्टराई बताउँछन् । ‘बैंकहरुको ऋण तिर्न चर्को दबावले व्यवसायीहरुमा निराशा बढ्दै गइरहेको छ’, अध्यक्ष भट्टराईले भने, ‘यस्तोमा नेक्सजेनले व्यवसायीको विश्वास उठाउने गरी निशुल्क परार्मशको सेवा ल्याएको हो ।’

अलिहेको अबस्थामा कमाउने भन्दा पनि कसरी बचाउने अभियान चलाउनु परेको र डाक्टरको उचित परार्मशले विरामी निको भएजस्तो नेक्सजेनको विज्ञहरुको परार्मशले समस्याबाट निस्कन सकिने अध्यक्ष भट्टराई बताउँछन् ।

नेक्सजेन सम्पती व्यवस्थापन र व्यवसायीक परार्मश कम्पनीको रुपमा स्थापना भएको संस्था हो । यसमा बैंक तथा वित्तीय संस्थाका पूर्व कार्यकारी प्रमुखहरु र विभिन्न क्षेत्रका विज्ञहरु कम्पनीमा आबद्ध छन् ।

के–के कामको लागि सल्लाह लिने ?
कम्पनीले ‘समस्यमा हैन, समाधानमा केन्द्रीत हुनुस्’ भन्ने नाराका साथ सुरुगरेको अभियान हो । जसमा अहिले १५ दिनको लागि निशुल्क परार्मश दिएको छ । जस अन्तरगत निम्न कुराहरु दिने कम्पनीको भनाई छ ।

  • परियोजना स्थापना, सञ्चालन र व्यवस्थान गर्ने ।

  • वित्तीय संस्थाबाट कर्जा निकाशा प्रक्रिया लागि ।

  • पुरानो कर्जा व्यवस्थापन उपायहरुको खोजी गर्ने ।

  • कम्पनीको नाम, दर्ता देखि बन्द सम्मको कार्य गर्ने ।

  • उद्योग व्यवसायको व्यवस्थापन र मार्केटिङ गर्ने ।

  • उद्योग व्यवसाय खरीद विक्रिमा लागानीकर्ता खोज्ने ।

  • दक्ष कर्मचारीको खोजी तथा तालिम प्रदान गर्ने ।

  • आईटी सिस्टम निर्माण र प्राविधिक सपोर्ट दिने ।