GBIME

आजपनि सुनको भाउले राख्यो नयाँ रेकर्ड, एकै दिन २१ सयले बढ्यो

31.52K
shares

काठमाडौं, १६ चैत । शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलामा एकै दिन २१ सय रुपैयाँले सुनको भाउ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँले कारोबार भईरहेको छ भने बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । लगातार दुई दिन यता सुनको नयाँ रेकर्ड कायम भईरहेको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा करोबार भईरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा यसले गर्दा नेपालमा पनि सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ ।