GBIME

प्रहरीकै सामू लघुवित्तकर्मी माथि आक्रमण, एक आइसियुमा उपचार

5.26K
shares

काठमाडौं, १६ चैत । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीलाई प्रहरी सामुन्य आक्रमण भएको छ । महुलीको सप्तरीको शाखामा करिव १०० जना भन्दा बढी व्यक्तिहरुले कर्मचारीमाथि आक्रमण गरेका हुन् ।

लघुवित्तका अनुसार गत चैत १४ गते उक्त घटना भएको हो । त्यो समुह आउने जानकारी पूर्व पाएका कारण कर्मचारीहरु आफ्नो कोठामा गएर बसेको तर त्यहि गएर आक्रमण भएको लघुवित्तका डिसिइओ सरोजकुमा सिंले जानकारी दिए ।

‘हामीलाई प्रहरीको माध्यमबाट हाम्रो संस्था घेर्ने आउने कुरा जानकारी भएको थियो, हामीले त्यही अनुसार हाम्रो कर्मचारीलाई सुरक्षीत स्थानमा बस्न भनेको थियौँ’, डिसिइओ सिंहले केटिएभ भ्वाइससँग भने, ‘उहाँहरु शाखा भएको भवन माथि कोठमा बस्नु भयो ।’

उक्त भिडलाई ३ जना प्रहरी र ३ जना सशस्त्र प्रहरीले रोक्न खोजेको तर नसकेको सिंहको भनाइ छ । ‘त्यो भिडलाई प्रहरीले रोक्न खोजेका थिए’, डिसिइओ सिंहले भने, ‘तर धेरैबेर पछि भने त्यो भिडले गेट पार गरेर कोठामा बसिरहेका कर्मचारीलाई आक्रमण गरे हुन् ।’

आक्रमणबाट एक जना आइसियुमा सम्म पुग्ने गरि कुटपिट भएको सिंहले बताएका छन् । ‘घरेलु हतियार सहित ज्यानै मार्ने हिसावल आक्रमण भएको थियो’, सिंहले भने, ‘एक जना साथि आईसियुमा पुग्ने गरि आक्र्रमण भएको छ ।’

उक्त विषयमा लघुवित्तले जिल्ला प्रशासन कार्यलयलाई समेत जानकारी गराएको छ । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले जारी गरेको प्रेस विज्ञप्ती समेत निकालेर उक्त घटनाको भत्र्सना गरेको छ । राज्यको कानुलाई नै चुनौति दिने गरि भएको घटनाले बैंक तथा वित्तीय संस्थालाई काम गर्ने नै अप्ठयारो पर्ने लघुवित्तले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘…यस वित्तीय संस्थाले विधिको शासन तथा नियमनकारी निकायबाट प्राप्त नीति निर्देशन बमोजिम काम कारवाहि गर्दै आइरहेकोमा हुल हुज्जत गरि आफ्नै हिसावले राष्ट्र बैंक हामी चिन्दैनौँ, लिएको कर्जा मिनाहा हुसन्छ अब आइन्दा किस्ता उठाउन पाइदैन, कोहि कर्मचारी किस्ता उठाउन गए भौतिक कारवाहि गछौँ, भन्ने माँग राख्दै गरिएको आन्दोलनले आम जनमानसमा समेत भ्रम तथा अराजकता फैलाइएको प्रति सम्बनिधत किायको ध्यानाकष्र्ण गराउदछौँ ।’, लघुवित्तले विज्ञप्तीमा भनेको छ ।