GBIME

अर्थ सरोकारका सञ्चालक प्याकुरेल सम्मानित

5.4K
shares

काठमाडौं, २८ चैत । अर्थसरोकार डटकमका कार्यकारी प्रमुख सुरज प्याकुरेल सम्मानित भएका छन् । राष्ट्रिय आर्थिक डिजिटल मिडिया अवार्डबाट प्याकुरेल सम्मानित भएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अवार्ड हस्तान्तरण गरिन् । प्याकुरेल करिब एक दशकदेखि आर्थिक मिडिया सञ्चालन गरिरहेका छन् । उनी आर्थिक मिडियाहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का संस्थापक महासचिव समेत हुन् ।