GBIME

‘अहिले सरकार १२–१५ घरानाले चलाईरहेका छन्’ (भिडियो)

1.05K
shares

काठमाडौं, ५ माघ । अहिले सरकारले आर्थिक स्थिति सुधार उन्मुख भएको भन्दै आएको छ । राष्ट्र बैंकको तथ्यांक र विश्व बैंकले पनि नेपालको आर्थिक स्थिति सुधार उन्मुख रहेको बताएको छ । तर, नेपालको अर्थतनत्रमा सुधार नदेखिएको उद्योगी उमेशलाल श्रेष्ठको बुझाई छ । कृषि, उद्योग, सेवा मुलक व्यवसाय कुनै क्षेत्रमा पनि सुधार नदेखिएको श्रेष्ठको बुझाई छ । उनै श्रेष्ठसँग केटिएम भ्वाइसले देशको समग्र आर्थिक क्षेत्रको विषयमा कुराकनी गरेको सम्पादित अंशः

तपाई उद्योग वाणिज्य महासंघको वरिष्ट उपाध्यक्षको आकाक्षी हुनुहुन्थ्यो । तर, पछि सहमति गरेर छाड्नु भयो । अहिले के गरिरहनु भएको छ ?
विगतमा जे गर्थे अहिले पनि तेही गरिहेको छु । महासंघमा मेरो पदिय दायित्व केही छैन । तेही पनि महासंघको कार्यक्रमहरुमा बोलाएको खण्डमा जाने र त्याहा गर्नुपर्ने कुराहरु गर्ने गरेको छु । पहिला जस्तो पदिय दायित्व नभएकाले पहिला भन्दा फुर्सद पाएको छु । पदमा बस्नु र नबस्नुमा खासै केही फरक हुँदैन । पदमा बसेर पदको लाभ लिनेलाई फरक पर्छ होल । तर, मलाई तेस्तो केही फरक पदैन । निर्वाचन सकिएपछि मैले मिडिया खोज्नु पनि गलत हो । साथिभाईको नाताले वा पूर्व उपाध्यक्ष भएको नाताले कही कतै बोलाउदा सकेसम्म जाने गरेको छु ।

तपाई फेरी वरिष्ट उपाध्यक्षमा उठ्नु हुन्छ ?
भविश्यको बारेमा कसैले पनि केही भन्न सक्दैन । हुन पनि सक्छु हुन पनि सक्दिन । मलाई केही पनि थाहा छैन ।

सरकारले अर्थतन्त्र सुधारउन्मुख रहेको बताउँदै आएको छ । कस्तो देख्नु हुन्छ अर्थतन्त्र ?
अर्थतन्त्रको कुरै नगरौँ । मैले पढे विश्व बैंकले नेपालको यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत सम्म पुराउछ भनेर । कसरी पुग्छ मैले बुझेको छैन । रेमिट्यान्सले मात्र हो कि ? विद्यार्थी र मज्दुर गरेर विगत ५ महिनामा करिब २४–२५ लाख मात्र विदेशियका छन् । त्यो ५ प्रतिशत वृद्धिदर कहाँबाट आउँछ भनेर मलाई अचम्म लागिरहेको छ । किनकि सबै क्षेत्र अहिले धरासाही भएको छ । एउटाले मात्र वृद्धि त गर्ने होइन होला । एउटा साधरण मान्छेले हेर्दा नेपालमा कुन चै कुरा माथि पुगेको छ ? सबै त झरेकै छ खसेकै छ । उद्यगी र सरकार काधमा काध मिलाएर अगाडि बढ्नुपर्ने ठाउँमा हामी जुधेर अगाडि बढ्न खोज्दै छौँ । त्यो सम्भव हुँदैन । म सबै चिजमा हामी मात्र सहि हो सरकार सहि हो भन्दिन । सरकारले पनि थुप्रै गल्ती गरेको छ । हामीले पनि थुप्रै गल्तीहरु गरेको होला । समग्रमा हेर्दा अर्थतन्त्रलाई उकास्ने खालको अहिले सम्म ३४ वर्षमा सायद पहिलो ३ वर्ष छाडेर कहिले सरकारको तर्फबाट कुनैपनि काम गरेको देखिएन । विकास बजेट २०–२१ प्रतिशत हुन्छ । १०–१२ प्रतिशत ऋण लिएको तिर्ने, त्यसको किस्ता लगायतको कुरा हुन्छ । बँकी झण्डै ७० प्रतिश जति त साधारण खर्च हुन्छ । भनेपछि यो मुलुकले कसरी विकास गर्छ । यो मुलुकले विकास गर्नै सक्दैन ।

तपाईको भनाईको अर्थ यो सरकारले आर्थिक विकास गर्ने सक्दैन भन्ने हो ?
मुखमा आर्थिक क्रान्ति झुण्डिएको पार्टीहरु छन् । तर क्रान्तिको नाममा क पनि नगर्ने छन् । मध्ये लोकपहाडी राजमार्ग बन्यो त्यो राम्रो उपलब्धि हो सरकारको । त्यसमा विदेशी पैसा छैन । भेरी ड्रइर्भसन ९ वर्ष भईसक्यो अहिले सम्म बन्न सकेको छैन । मरिन ड्रइर्भसन अलिकति छिटो बनिरहेको देखिरहेको छु । फास्ट्रायाकको त कुरै न गरौँ । अस्ति अलिकती हल्ला खल्ला भएपनि अहिले फास्ट्रयाको काम भइङकर भईरहेको छ भन्ने हल्ला आईरहेको छ । यसरी हेर्दा आर्थिक तरिकाले सोच्ने नेताहरु नेपालमा भएनन् । सबै भाषणबाजी गर्ने मात्र भए । त्यसले मुलुकलाई कहिपनि लग्दैन । नेपालको मुख्य समस्या नै तेही हो ।

अर्थतन्त्र सुधार गर्ने संघ संस्थाले के गरिरहेका छन् ?
हामी जस्ता संस्थाहरु पनि बुँदागत रुपमा छलफल नगरि व्यक्तिगत हिसावले छलफल गरेर अगाडि बड्न खोज्छन् । फेरी म त्यहाँ नभएकाले भनेको होइन । म त्यहाँ हुँदा पनि भन्थे । टिमको हिसावले कुनैपनि संस्था चलिरहेको छैन त्यसले समस्या आएको हो ।

अहिले सम्म अर्थतन्त्रमा केही पनि सुधार नै भएका छैनन् त ?
४५ साल देखि ४८ साल सम्म केही पोजेटिभ भएको हो । त्यसपछि जनयुद्ध भयो के–के भयो । त्यसपछिबाट खिच्चातानी मै गयो । कस्ता समेत नेता छन् भने राजनीतिज्ञ समस्या समाधान नभए सम्म आर्थिक समस्या हेर्दै हेदौँन भन्ने पनि छन् । हाम्रो पुस्ता त सकियो अब महिनाको ८–९ लाख मान्छे बाहिर जान्छन् । यो मुलुक कसरी धान्ने ? गाउँ घर जानुस् केटाकेटी नै देख्नु हुन्न । पार्टी सिस्टममा सायद कम्जोरी यहि होला । नेपालको १५ वर्ष सोच्ने मान्छे आउनु पर्यो । यो ठूला राजनितिज्ञ दलले आर्थिक एजेण्डामा सहमति गर्नु पर्यो । कम्युनिस्टको पनि अब आर्थिक एजेण्डा माक्सवादी सिद्धान्तका आधारमा चल्दैन । जस्तो चिनले मार्केट इकोनोमी नीति नलिएको भए यस्तो हुन्थ्यो ? त्यसरी त चिनलाई कम्युनिस्ट भन्नै मिल्दैन । नेताले बोलेको आधा मात्र काम गर्ने हो भने अहिले देश धेरै फरक भइसक्थ्यो । मैले ४९ सालमा सुनेको नेपालाई सिंगापुर बनाउने र काठमाडौँको रोडलाई डाडाबाट पानी ल्याएर पखाल्ने । न पानी आयो न सिंगापुर नै भयो । यहि १२–१५ वटा घरानालाई पोस्ने कि ? जनतालाई पोस्ने ? भनेर गम्भिर हुनुपर्ने अबस्था छ । अहिले सरकार यहि १२–१५ घरानाले चलाएको छ । उनीहरुकै विल पास हुन्छ । मुसाले तार काट्छ । अनि पछि के–के हुन्छ हुन्छ । दुनिया भरको चिज त उनीहरुले गराउने हो । त्यो कुरालाई सुधार गर्ने सकियो भने पनि केही कुराहरु सुध्रिन्छ ।

सरकारी क्षेत्रका र आम मान्छेले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
सरकारी मान्छेको आम जनताको पनि निजी क्षेत्र सबै चोर हुन् भन्ने छ । तर, सबै त होइन् । केही केही हुन् त्यो त हामीले मान्नु पर्छ । फेरी मैले सरकारी क्षेत्रमा काम गर्नेहरु सबै चोर हुन् भनेभने त्यो पनि गलत हुन्छ । उहाँहरु पनि सबै चोर सबै वदमास होइन नि । राम्रो मान्छे पनि छन् नि त । तर, राम्रो मान्छे सबै ओझेलमा परेका हुन्छन् । अनि सरकारी क्षेत्रमा काम गर्नेको सोचाई र तरिकामा परिवर्तन आउनु पर्छ । धेरै सुधार गर्नुपर्ने छ । निजी क्षेत्रले बनाएको १२–१५ वटा नियम कानुन लागु गर्ने सक्यो भने केही हुन्छ । निजी क्षेत्रलाई होचियाएर सरकारलाई फाईदा हुँदैन । देशको जिडिपि, कर्मचारी बढाउने निजी क्षेत्र हो । तर, निजी क्षेत्रले पनि आफ्नो मर्यादा भित्र रहेर काम गर्नुपर्छ ।

अहिले देखिएको समग्र समस्या समाधान कस्ले गर्नुपर्ने हो ?
गर्ने भनेको नेताले नै हो । तपाई हामीले गर्ने होइन् । हामी जतिको व्यक्तिलाई सजिलो बनाइदिनु पर्यो । यसको मतलब कानुन जति सबै हटाइदेउ भनेको होइन । व्यवसाय गर्ने सकिने खालको कानुन हुनुपर्यो । नीति र नियति राम्रो भएपछि सबै राम्रो हुन्छ । नेपालको नीति खराब छ र कर्मचारीको नियत पनि खराब छ । अहिले देखिएको दुर्गा प्रसाई, सुरेन्द्र केसी जस्ता व्यक्तिहको साथमा पनि जनता हुन थालिसके । यो व्यवस्था माथि पनि खतरा हुन सक्छ ।

खास हाम्रो देशको अर्थतन्त्र कहाँबाट विग्रियो ?
कोरोना काल पछि नेपाल सरकारले अलिकति जोखिम नलिएर काम गर्यो । उद्योगीलाइ तिमीहरु डुबे डुब भन्ने खालको कुरा थियो । त्यो बेला त म पदमै थिए । मैले पनि धेरै कुरा थाहा पाउथे । मैले कोभिड ल्याएको होइन भन्ने सोचाई थियो । म किन गर्नु भन्ने कुरा थियो । हामीलाई खासै केही पनि दिएन । खालि ठूला–ठूला लोन लिने व्यापारिलाई अलिकति फाइदा भयो । कोरोना कालमा हामीले मदत पाएनौँ । मदत पाएको भए हामीले धेरै चिज गर्ने सक्थ्यौँ । कोरोनाको बेला भारतमा सरकारले उद्योगीलाई धेरै मदत गर्यो । युरोपका देशमा पनि धेरै मदत गरेको थियो । अन्य मुलुकको जस्तो नेपालसँग तागत थिएन मदत गर्ने । तर जति सक्थ्यो तेती मदत गरेको भए हुन्थ्यो । सरकारले बैंकहरुलाई मात्र गर्यो । बैंकलाई सुरक्षित गर्नुपर्छ त्यो भनेको पनि हाम्रो नै पैसा हो । तर, बैंकहरुलाई मात्र धेरै भयो । राष्ट्र बैंकले लिएका नीतिहरु कहिले पनि राम्रा भएको कारण समस्या आयो ।

अब के हाम्रो देशको अर्थतन्त्र सुधार नहुने स्थितिमा पुगेको हो ? कि सुधार हुन सक्छ ?
मैले त यो अवस्थामा अर्थतन्त्र सुधार हुने देखेको छैन । अर्थतन्त्र राम्रो भयो भने सबैभन्दा शुखि त हामी हो नि । तर राम्रो हुन्छ भनेर मात्र हुँदैन । केही आधार पनि त दिनु पर्यो नि ? जिडिपीमा नेपालको ग्रोथ १० प्रतिशत हुने रे । तर त्यो कहाँबाट हुने हो त्यो त भन्नु पर्यो नि । ग्रोथ कृषिबाट, उद्योगबाट, सेवा मुलक व्यवसायबाट कहि बाट त हुनु पर्यो । त्यसको लागि सरकारसँग कुनै योजना छ ? केही पनि छैन । अस्ति आर्मीको चिफ ले भन्नु भयो नि ४ वटा रुख काट्न ९ महिना लाग्यो रे । अनि तपाई विकास हुन्छ भनेर सोच्ने । उसले पनि त्यो रुख छाडेर अरुतिर काम गर्नुपथ्यो होला त्यो छुट्टै कुरा हो । नेपालमा रुख काट्ने भनेको गाई काट्ने भन्दा ठूलो कुरा रहेछ । वायु प्रदुषण रोक्न रुख चाहिन्छ । तर त्यसो भन्दैमा विकास रोक्न त भएन । फरी नियम छ एउटा रुख काटेपछि २५ वटा रुख रोप्ने भन्ने ।