नारायणकाजीले पाए अर्थमन्त्रालयकाे जिम्मेवारी
वि.सं.२०८१ वैशाख ३ सोमवार १८:३७
14.31K
shares
shares

काठमाडौं, ३ वैशाख । अर्थमन्त्रालयकाे कामकाजकाे जिम्मेवारी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुन अनन्तको अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाल्ने गरी ताेकेका हुन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन् । मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्कनेेेछन् ।

















