GBIME

तोलामा १ हजार ७ सयले बढ्यो सुनको मूल्य

13.65K
shares

काठमाडौँ, ४ वैशाख स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य आज प्रतितोला १ हजार ७ सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा १ हजार ७ सयले उकालो लागेर १ लाख ३९ हजार २०० निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला १ लाख ३८ हजार ५ सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।