GBIME

सहकारी ठगी प्रकरण : लामिछाने र पुनको बयान दुरुस्तै

606
shares

काठमाडौं, ६ वैशाख । सहकारी ठगी प्रकरणमा पुर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेको जस्तै बयान दिएका छन् । पुनले आफूले सहकारीबाट कारोबार नगरेको दावी गर्दै आफ्नो नामबाट कसले कारोबार गर्यो भन्ने विषयमा जानकारी समेत नभएको वयान दिएका छन् । गृहमन्त्री लामिछानेले पनि सार्वजनिक रुपमा करोड करोड रुपैयाँ आफ्नो नामबाट कारोबार भएको देखिएको भए पनि आफूलाई जानकारी नभएको बताउदै आएका छन् ।

गोर्खा मिडिया प्रा.लि.मा जिबी राई र रबी लामिछाने पार्टनर थिए । उक्त कम्पनीमा सहकारीबाट करोडौँ रुपैयाँ गएको बारे आफू जानकार नरहेको लामिछानेको दावी छ ।

सुप्रिम सहकारीका १ हजार ८ सय ३१ बचतकर्ताले आफ्नो पसिनाको बचत हिनामिना गरिएको भन्दै जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेको थियो । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले २८ जनालाई प्रतिवादी बनाई सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सहकारी ठगी प्रकरणमा दिपेन पुन अहिले प्रहरी नियन्त्रणमै छन् भने लामिछानेका विषयमा कुनै प्रकारको अनुसन्धान नै भएको छैन ।