वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१८
3.09K
shares
shares

काठमाडौं, १५ जेठ । वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने भएको छ। साथै कीर्तिपुरको बर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ र भेरी अस्पताललाई सिकलसेल एनिमियाको उपचार केन्द्रको रुपमा विकास गरिने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत यस्तो बताएका हुन् ।















