Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकको २८ हजार ६२६ कित्ता शेयर विक्रीमा

5.4K
shares

काठमाडौं, २० जेठ । लुम्बिनी विकास बैंकले २८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरीद गर्न मिल्ने गरी विक्रीमा ल्याएको जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।

तोकिएको समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।