ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध
वि.सं.२०८१ जेठ ३१ बिहीवार १४:२९
shares
l;Gw'kfNrf]s, * ebf}M k/LIff lbg hfFb} k/LIffyL{ lg/Gt/ jiff{sf sf/0f x]nDa' /fhdfu{sf] d]nDrL !!, l;dv]tl:yt ;8s vf]nfn] Iflt k'¥ofPkl5 lxnf]sf] k|jfx gu/L cfh x]nDa'$ UofNy'ddf :gfts txcGtu{t laP8 bf];|f] jif{sf] k/LIff lbg hfFb} k/LIffyL{ . tl:a/M b]j/fh ;'j]bL÷/f;;
काठमाडौं, ३१ जेठ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको हो । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ।
बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो ।
बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ताप्लेजुङमा अधिकांस क्षेत्रमा बुधबार रातभर वर्षा भएको थियो । वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । केही ठाउँमा पहिराले अलैँचीसहितका बालीनालीमा क्षति पुगेको स्थानीयले बताए।


















