Dhulikhel Eco Banner new

सगरमाथा जलविद्युतले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

7.98K
shares

काठमाडौं, २० जेठ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक शेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

जेठ १९ गते बसेको बैठकले उक्त निणर्य पारित गरेको हो । । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।

कम्पनीले आफ्नो जारी पूँजी रु. १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।