Dhulikhel Eco Banner new

झलनाथ खनालका नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर

3.67K
shares

काठमाडौं, १२ असार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ ।

झलनाथ खनाल प्रतिष्ठानले सर्प पालन गरेर एन्टिभेनम उत्पादनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर, नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने गरी रकम निकासा भएको थियो ।

अदालतले दोषी ठहर गरेकाहरुको सजाय निर्धारणका लागि असार २५ गते पेसी तोकिएको छ । कामै नगरी रकम हिनामिना गरेको आरोपमा अख्तियारले २०८० साल असोज २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।