Dhulikhel Eco Banner new

बिन्ध्यावासिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

5.01K
shares

काठमाडौं, २१ जेठ । बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार (आरटीएस) मा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बिन्ध्यावासिनी हाइड्रोपावरको शेयरसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले गर्नेछ । शेयर राजिष्ट्रारको रुपमा सानिमा क्यापिटल लिमिटेड नक्सालले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, सेयर दस्तखत प्रमाणिकरण, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायत सेयर सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ ।

विन्ध्यावासिनी हाइड्रोपावरले जेठ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि १५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ६५ हजार कित्ता आईपीओको लागि सर्वसाधारणमा आवेदन जारी गरेको हो ।