Dhulikhel Eco Banner new

‘भ्रम सिर्जना गर्न प्रचण्ड र प्रकाशबारे भ्रमपूर्ण समाचार छापियो’

3.56K
shares

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’विरुद्ध भ्रम पूर्ण समाचा छापिएको भन्दै प्रचण्डको सचिवालयले आपत्ति जनाएको छ ।

पूर्व प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वीकय सचिव रमेश मल्लले डिसी नेपाल नामक अनलाइनले आम जनता र कार्यकर्तामा भ्रम छर्न गलत समाचार लेखिएको बताएका हुन् । उक्त अनलाइनले अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष प्रकाशबीच झगडा भएको आशयको समाचार प्रकाशन गरेको थियो ।

अनलाइनमा लेखिएको समाचारमा कुनै सत्यता नरहेको र आगामी दिनमा यस्ता भ्रम पूर्ण समाचार नलेख्न स्वकिय सचिव मल्लले अनुरोध गरेका छन् । उनले फेसवुकमा लेखेका छन् ः