Dhulikhel Eco Banner new

कालिका लघुवित्तको खुद नाफा बढ्यो

4.11K
shares

काठमाडौं, २५ साउन । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

लघुवित्तले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आर्थिक वर्षको तुलनामा १३४.०३ प्रतिशत बढी हो।

लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

३७ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ९० करोडको कर्जा लगानी गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत र कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत मात्र बढेको छ।

याे पनि पढ्नुहाेस् : ८० लाख हिनामिनामा उपासना पौडेलको संलग्नता

यो पनि पढ्नुहोस् : कमजोर नेतृत्वले थलिदै हिमालयन रि, बीमा दावी दिन महाभारत !